यस वर्ष दसैं टीकाको उत्तम साइत सार्वजनिक, कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेट उत्तम समय
थानकोट ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको शुभ साइत सार्वजनिक गरेको छ ।
२०८० कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेट जाँदा उत्तम समय रहेको समितिले जनाएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । दसैंको टीक पश्चिम मोहडा बनाएर लगाउँदा उत्तम हुने बताइएको छ । कोजाग्रत पूर्णिमा भने कात्तिक ११ गते शनिबार परेको छ ।











