बिहानै स्तब्ध बनाउने खबर, गाडीको ठक्करबाट मलेखुमा २ जना विद्यार्थीको मृत्यु
थानकोट ।
धादिङको मलेखुमा गाडीको ठक्करबाट २ जना स्कुले विद्यार्थीको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला र मलेखुको बीचमा पर्ने पहरेभीरमा ट्रकले ठक्कर दिँदा बुधबार बिहान दुई जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २-००१ ख ८७१३ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्। दुर्घटना पछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गराएका छन्।
स्थानीय बागेश्वरी माविको कक्षा ८ मा अध्ययनरत दुई छात्र बुधबार बिहान ट्युशन पढ्न विद्यालय जाँदै थिए ।

तस्बिर सामाजिक सञ्जालबाट ।











