कीर्तिपुरमा माेटरसाइकलकाे ठक्करबाट एक बालकको मृत्यु, माेटरसाइकल फरार
थानकोट ।
कीर्तिपुरमा माेटरसाइकलकाे ठक्करबाट एक जना बालकको मृत्युु भएको छ ।
बिहीबार बिहान करिब ९ः४५ बजे ल्याब्रेटाेरी स्कूलअगाडि माेटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक घर भई कीर्तिपुर बस्ने १२ वर्षीय सुरज मगरको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बालकलाई मोटरसाइकलले ठक्कर दिएको बयानको आधारमा अनुसन्धान अघि बढाएको छ।












