नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडाैंमा स्कुटर चालकको मृत्यु

Thankot Times

थानकोट । 

नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँकाे रत्नपार्क मोडमा एक स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलका अनुसार घटनामा संलग्न प्र.३०१-००१ ग ३७०५ नम्बरको ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको पोखरेलको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ