कस्तो रहला आज शनिबारको माैसम ?
थानकोट ।
नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू-भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।
शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू-भागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले बताएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।












