१९औं एसियाली खेलकुद: कराँते खेलाडी एरिका गुरुङ फाइनलमा
थानकोट ।
चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपालले कम्तीमा पहिलो रजत पदकसँगै २ वटा पदक पाउने पक्का भएको छ ।
कराँते खेलाडी एरिका गुरुङ फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तीमा रजत पक्का गरेकाे हाे ।
६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी हुन् ।
एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छिन् र अब स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग आजनै खेल्नेछिन् ।
यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।












