१९औं एसियाली खेलकुदः कराँतेमा नेपालकी एरिका गुरुङले चुमिन ऐतिहासिक रजत पदक

Thankot Times

थानकोट ।

कराँते खेलाडी एरिका गुरुङले चीनको हान्झाउमा जारी एसियाली खेलकुदको कराँतेमा ऐतिहासिक रजत पदक जितेकी छिन् ।

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि गुरूङ रजतमा रोकिएकी हुन् ।

यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् ।

नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं  एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा  प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *