विश्वकप क्रिकेटः श्रीलंकाविरूद्ध दक्षिण अफ्रिकाले वर्षायो रन, बने कैयन् विश्व कीर्तिमान

Thankot Times

थानकोट।

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले कम्तीमा चारवटा नयाँ कीर्तिमान बनाएको छ । 

प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि तीन जना ब्याट्सम्यानले शतक प्रहार गरी नयाँ कीर्तिमान बनाएका छन् । 

यसैगरी दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा सबैभन्दा धेरै रन बनाएको छ । ५ विकेटको क्षतिमा दक्षिण अफ्रिकाले ४२८ रनको विशाल चुनाैती श्रीलंका सामु खडा गर्दा १४ छक्का प्रहार भएको यो पनि नयाँ कीर्तिमान बनेको छ ।

 यसअघि अस्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।

यसैगरी विश्वकप क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान दक्षिण अफ्रिकी ब्याट्सम्यानले बनाएका छन् । एइडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए । 

दक्षिण अफ्रिकाका लागि एइडन मारक्रम, विकेट किपर ब्याट्स्म क्विन्टन डी कक र रास्सी भान डर डुसेनले शतक बनाउँदै बाहिरिएका थिए ।

मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए । 

ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *