दोश्रो मातातीर्थ गोल्डकपः आज ढाक्सी र फार भीजन तथा गणेशमान स्मृति र डी आरबीच खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा आज मंगलबार दुई खेल हुँदैछन् ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे प्रतियोगिता अन्तर्गत मंगलबार दिनको १ बजे ढाक्सी प्रगतिशील फुटबल क्लबले फार भीजन फुटबल क्लबको सामना गर्नेछ ।
यसैगरी अपरान्ह ३ बजे हुने दिनको दोश्रो तथा अन्तिम खेलमा गणेशमान स्मृति फुटबल क्लबले डी आर फुटबल क्लबको सामना गर्नेछ ।
३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ ।
प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न एक मात्र खेलमा समतामुलक फुटबल क्लबले सिद्धिकाली फुटबल क्लबलाई १-० को साँघुरो गोलअन्तरले पराजित गर्यो ।












