बिहान घाम, दिउँसो पानी, यस्तो छ आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको आकाशमा अहिले आंशिक बदली छ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।

पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ जनाएको छ । कोसी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *