दोश्रो मातातीर्थ गोल्डकपः स्वतन्त्र युवा क्लब र स्टार इलाभेनको विजयी सुरुवात

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा स्वतन्त्र युवा क्लब र स्टार इलाभेन क्लबले विजयी सुरुवात गरेका छन् ।

बुधबार प्रतियोगिताका दुई खेलमा सम्पन्न हुँदा स्वतन्त्र युवा क्लबले क्लीन भीजनको चुनाैती ४-० ले पन्छायो ।

यसैगरी स्टार इलाभेन क्लब वर्णगंगा क्लबको चुनाैती ३-० ले पन्छाउँदै दोश्रो चरणमा प्रवेश गरेको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे प्रतियोगिता अन्तर्गत बिहीबार २ खेल हुनेछन् ।

जसअनुसार दिनको ३ बजे  ब्लुबेल एफसीले वीर आर ब्रदर्शको सामाना गर्नेछ । सो अघि दिउँसो १ बजे भकुण्डेचाैर फुटबल क्बलले किसीपिडी युथ क्लबसँग स्पर्धा गर्नेछ ।

३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ । प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *