एसीसी यू-१९ प्रिमियर कपः नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान खराब लयमा

Thankot Times

थानकोट ।

नेपालले एसिसी यू-१९ प्रिमियर कपमा नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याइरहेको इरानको किशोर टिमले खराब सुरुवात गरेको छ ।

ताजा अवस्थामा इरानले ५ विकेट गुमाइसक्दा स्कोर बोर्डमा जम्मा ५३ रन जोडिएको छ । इरानले १२ ओभरको खेल सकेको छ ।

सो अघि मलेसियाको बान्गीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै ३ सय ५३ रन बनायो ।

नेपालका देव खनालले १ सय रनको शतकीय इनिङ खेले । यस्तै, दीपक प्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रनको अर्धशतकीय पारी खेले । यसैगरी, दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ तथा सुवास भण्डारीले १८ रन बनाए ।

इरानका दाद्रहमान राइसी र सल्मान निआजमान्डले समान तीन– तीन विकेट लिए । यस्तै, जेइद साइसी र समान शेखीले दुईदुई विकेट लिए ।

मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै बहराइन,  साउदी अरेबिया र इरान छन्।  समूहको शीर्ष टिम सेमिफाइनलमा पुग्नेछ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *