दोश्रो मातातीर्थ गोल्डकपमा पहिलो चरणका खेल सकिए, बिहीबारका दुवै खेलको नतिजा सडेन डेथमा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा बिहीबार सम्पन्न दुवै खेलको नतिजा पेनाल्टी आउटमा छिनोफानो भएका छन् ।
प्रतियोगिता अन्तर्गत बिहीबार दिउँसो १ बजे भएको भकुण्डेचाैर फुटबल क्बलले किसीपिडी युथ क्लबबीचको खेल निर्धारित समय गोलरहित सकिएपछि नतिजा सडेन डेथमा निकालिएको हो । यो प्रतियोगिताको पहिलो सडेन डेथ थियो । जसमा छिमेकी भकुण्डेचाैर विजयी हुन्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।
यसैगरी बिहीबार सम्पन्न दिनको दोश्रो खेल पनि निर्धारित समयमा बिना कुनै गोल सकिएपछि पेनाल्टी प्रहार गरी विजेता चुनियो । जसमा ब्लुबेलले वीर आर ब्रदर्शलाई पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गर्यो ।
यो सँगै दोश्रो मातातीर्थ गोल्डकपको पहिलो चरणका सबै खेल सकिएका छन् ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे प्रतियोगिता अन्तर्गत शुक्रबार कुनै खेल हुनेछैनन् । शनिबारबाट भने दोश्रो चरणका खेल सुरु हुने बताइएको छ।
३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ । प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।












