चन्द्रागिरि नगर उपभोक्ता संरक्षण संघको अध्यक्ष हरि कुमार केसी सर्वसम्मत

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर उपभोक्ता संरक्षण संघको अध्यक्ष चन्द्रागिरि नगरपालिका-०७ का हरिकुमार केसी सर्वसम्मत चयन भएका छन् ।

नेपाली उपभोक्ता संरक्षण महासंघ मातहतको चन्द्रागिरि नगर उपभोक्ता संरक्षण संघको वरिष्ठ उपाध्यक्षमा राम कुमारी महर्जन, उपाध्यक्षमा ज्ञानेन्द्र कायस्थ, सुनिता प्रध्यान्व्य र राम कुमार थापा मगर रहेका छन ।

संघको महासचिवमा संगिता खड्का, सचिवमा धनवीर महर्जन, सह सचिवमा कृष्ठ श्रेष्ठ र कोषाध्यक्षमा शरदा महर्जन चुनिएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः नरेन्द्र श्रेष्ठ, प्रताप लामा र गिता बराल चयन भएका छन् भने सल्लाहकार समितिमा राजेन्द्र विक्रम बानियाँ, नबिन महर्जन र जगन्नाथ गौतम चयन भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *