नागढुंगा सुरुङ्ग मार्ग क्षेत्रका स्थानीयहरूको समस्याका सन्दर्भमा सांसद्हरूको सामुहिक छलफल

Thankot Times

थानकोट ।

चन्द्रागिरि र धुनिबेशी नगरपालिका क्षेत्रमा निर्माणाधीन नागढुङ्गा-सिस्नेखोला सुरुङ्ग मार्गको पूर्वी प्रवेशद्वार क्षेत्रमा स्थानीयले भोग्न परेका समस्याहरूका सन्दर्भमा जनप्रतिनिधिहरूले एकै मञ्चमा छलफल गरेका छन् । 

शुक्रबार संघीय भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा काठमाडाैं क्षेत्र नं. ९ र १० का संघी तथा बागमती प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

सो क्रममा चन्द्रागिरि नगरका विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य लगायत सुरुङ मार्ग प्रभावित क्षेत्रका स्थानीयहरूको समेत उपस्थिति रहेको थियो । 

सो सुरुङ मार्ग नजिकै गत साता सडकमा भ्वाङ परेपछि स्थानीयहरू थप त्रासमा छन् । शुक्रबारको छलफलमा सुरुङ मार्गमा के कति कारण भ्वाङ परेको हो भन्ने सन्दर्भमा यथासिघ्र अध्ययन गर्नुपर्ने विषयमा समझदारी भएको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *