चन्द्रागिरि क्षेत्रमा चिसो बढ्यो, दिउँसोको घाम समेत न्यानो हुन थाल्यो
थानकोट ।
थानकोट क्षेत्रमा बिहानीपख र साँझपख चिसो बढ्न थालेको छ । अहिले बिहान थानकोट क्षेत्रमा १३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
थानकोट क्षेत्रमा दिउँसोको घाम पनि न्यानो हुन थालेको छ ।
हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।












