मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना, पाइलट घाइते
थानकोट ।
सोलुखुम्बुको लोबुचेमा मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ ।
ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी घाइते भएको मनाङ एअरले जनाएको छ ।
मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हाे ।
रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
प्रतिकात्मक तस्बिर












