छैठाैं नैकाप गोल्डकपः आज दीपशीखा र वीआर ब्रदर्श तथा कुर्द्धन र गुणकेशरीबीच खेल हुने

Thankot Times

थानकोट ।

शनिबार सुरु भएको चन्द्रागिरि नगरकै सर्वाधिक पुरस्कार राशिको नैकाप गोल्डकप फुटबल प्रतियोगिताको छैठाैं संस्करणअन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित फुटबल मैदानमा हुने दिनको दोश्रो खेलमा दिउँसो ३ बजे दीपशीखा र वीआर ब्रदर्श क्लबबीच खेल हुने तालिका रहेको छ ।

सो अघि दिउँसो १ बजे सोही मैदानमा कुर्द्धन फुटबल क्लब र गुणकेशरी युवा क्लबबीच खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न उद्घाटन खेलमा साबिक विजेता स्युचाटारको तारकेश्वर युथक्लब महादेवस्थानको क्लीन भीजन यूनिटीसँग ४-० को अप्रत्यासित हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

२७ टोलीले सहभागिता जनाएको यस संस्करणको नैकाप गोल्डकपको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *