छैठाैं नैकाप गोल्डकपः आज त्रिभुवन आर्मी र मध्यपुर तथा किटिनी भञ्ज्याङ र भीमसेन युवा बीच खेल

Thankot Times

थानकोट ।

गत शनिबारबाट सुरु भएको चन्द्रागिरि नगरकै सर्वाधिक पुरस्कार राशिको नैकाप गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार पनि २ खेल हुने तालिका रहेको छ ।

यसअघि आइतबार सम्पन्न खेलहरूमा क्रमश कुर्दन फुटबल एकेडेमी र वीआर ब्रदर्श फुटबल क्लब विजयी भएका छन् ।

चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा जारी प्रतियोगिताको अन्तर्गत आज तेस्रो दिन प्रतियोगितामा पहिलोपटक सहभागी भएको त्रिभुवन आर्मी क्लब र मध्यपुर जागरूक युवा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

सो अघि दिउँसो १ बजे किटिनी भञ्ज्याङ युवा क्लब र भीमसेन युवा क्लबबीच खेल हुनेछ ।

कार्तिक २५ गते शनिबार उपाधी छिनोफानो हुने प्रतियोगितामा कुल २७ टोलीले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।

यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।

गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *