त्रिदेशीय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

Thankot Times

थानकोट ।

काठमाडाैंमा हुनन हुने त्रिदेशीय ट्वान्टी-२० शृङ्खलाका लागि घोषित नेपाली राष्ट्रिय क्रिकेट टिममा बलर ललितनारायण राजवंशीले पुनरागमन गरेका छन् ।

ललित यसअघि क्लाभिकल बोन (ब्युटी बोन) फ्र्याक्चर भएका कारण टिमबाट बाहिर थिए ।

यसै चोटका कारण उनले चीनमा भएको १९औँ एसियाली खेलकुद गुमाएका थिए ।

तर, सोमबार मुख्य प्रशिक्षक मोन्टी देसाईले ललितलाई समेट्दै १८ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

घरेलु मैदानमा हुने शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले कार्तिक १ गते यूएईसँग खेल्नेछ । नेपालले कार्तिक २ गते र ४ गते हङकङसँग खेल्ने छ ।

नेपालले कार्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङ भने कार्तिक ५ र ८ मा भिड्ने छन् ।

शृङ्खलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृङ्खलाको फाइनल कार्तिक १० गते हुने छ ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने छ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने छन् ।

नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृङ्खला आयोजना गर्न लागेको हो ।

नेपाली टिम : 

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भन्डारी, लोकेश बम, सूर्य तामाङ, मौसम (श्याम) ढकाल

T20-1697442328.jpg


Leave a Reply

Your email address will not be published. Required fields are marked *