राति पानी पर्यो, बिहान चिसो बढ्योः कस्तो रहला आज दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

हिजो (सोमबार) राति पानी परेपछि अहिले बिहान चन्द्रागिरि क्षेत्रमा चिसो बढेको छ ।

हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि  सामान्य बदली रहेको छ।

आज दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहनेछ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एक दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *