छैठाैं नैकाप गोल्डकपः गणेशमान स्मृति र विजयपुर दोश्रो चरणमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा जारी छैठाैं संस्करणको नैकाप गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा क्रमशः विजयपुर युथ क्लब र गणेशमान स्मृति फुटबल क्लबले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा नेपालय कलेजको चुनाैती १ गोलका विरूद्ध ३ गोलले पन्छाउँदै विजयपुर युवा क्लबले दोश्रो चरणमा स्थान सुरक्षित गर्यो ।

खेलमा विजयपुर युथका तर्फबाट समिर बोहराले दुई तथा अनिस परियारले एक गोल गरेका थिए भने पराजित नेपालयका लागि सोनु आले मगरले एक गोल गरेका थिए ।

यसैगरी मंगलबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा गणेशमान स्मृति फुटबल क्लबले मनकामना फुटबल क्लबमाथि २-१ को साँघुरो जित दर्ता गर्यो । 

गणेशमान स्मृतिका लागि पहिलो गोल मनकामना फुटबल क्लबका खेलाडीबाट आत्मघाती गोलका रूपमा उपहार मिलेको थियो । गणेशमानका लागि विशाल श्रेष्ठ १ गोल थप गर्दा मनकामनाका तर्फबाट पासाङ लामाले सान्त्वना गोल गरेका थिए

प्रतियोगिता अन्तर्गत बुधबार दिनको पहिलो खेल कार्की युथ क्लब र महादेव युथ क्लबबीच हुनेछ । यो खेल दिनको १ बजे सुरु हुनेछ । यसैगरी दोश्रो खेलमा दिउँसो ३ बजे सेतीदेवी युवा क्लब र वाणस्थली युवा समुह प्रतिस्पर्धा गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *