कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
आज देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।












