बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प
थानकोट ।
पश्चिम नेपालको बझाङ जिल्लामा बुधबार राति भूकम्प गएको छ ।
राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
पछिल्लो समय बझाङ जिल्ला लगायतका क्षेत्रमा भूकम्प जाने क्रम बढेको छ ।












