विश्वकप क्रिकेटः न्युजिल्यान्डको लगातार चौथो जित, आज भारत र बंगलादेशबीच खेल हुने
थानकोट ।
भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा साबिक उपविजेता न्युजिल्यान्डले लगातार चौथो जित निकालेको छ ।
न्युजिल्यान्डले बुधबार सम्पन्न खेलमा अफगानिस्तानविरुद्ध १४९ रनको फराकिलो जित निकालेको हो ।
भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा सबै विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।
प्रतियोगिताअन्तर्गत आज भारत र बंगलादेशबीच खेल हुने तालिका रहेको छ ।
पछिल्लो अंकतालिका अनुसार भारत प्रतियोगितामा खेलेको सबै ३ खेलमा जित हात पार्दै दोश्रो स्थानमा रहेको छ भने बंगलादेश खेलेका ३ मध्ये १ खेलमा जित हात पार्दै छैठाैं स्थानमा रहेको छ ।












