त्रिदेशीय टी-२० शृङ्खला: नेपाल लगातार दोश्रो जितको खोजीमा, आज हङकङसँग खेल्ने
थानकोट।
काठमाडाैंमा बुधबारबाट सुरु भएको त्रिदेशीय क्रिकेट शृङ्खला अन्तर्गत आज नेपाल र हङकङबीच खेल हुँदैछ ।
प्रतियोगिताको दोस्रो खेलमा आज हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको थियो । ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा हङकङको यो पहिलो खेल हो ।
नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।












