दसैंमा मौसम सफा रहने

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए।

‘दसैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यत: मौसम राम्रो रहने देखिन्छ,’ उनले भने।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दसैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *