कस्तो रहला आज फूलपातीको दिनको माैसम ? माैसम पूर्वानुमान महाशाखाको भनाइ यस्तो छ

Thankot Times

थानकोट ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *