प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सिन्धुपाल्चोकका डा. रूपक सापकोटा नियुक्त

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् ।

शुक्रबार सापकोटाले नियुक्तिपत्र बुझेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

“बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उहाँ नियुक्त हुनुभएको हो । उहाँले हिजै (शुक्रबार) नियुक्तिपत्र लिइसक्नुभएको छ,” आचार्यले भने ।

डा. सापकोटा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *