त्रिकोणात्मक टी-२०: तेस्रो खेलमा नेपाल र हङकङबीच आज खेल
थानकोट ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र हङकङ खेल्दैछन् ।
यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा छ ।
नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
यस्तै, आजको खेलमा हङकङलाई पराजित गरे नेपाल एक खेल खेल्नुअघि फाइनल पुग्नेछ । नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुँदैछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।












