विश्वकप क्रिकेटःअफगानिस्तानसँग पाकिस्तान स्तब्ध, आज बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्ने
थानकोट ।
भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा अगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ।
सोमबार राति चेन्नईमा भएको खेलमा अफागिनस्ताले पूर्वविश्व च्याम्पियन पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो।
एकदिवसीय क्रिकेट इतिहासमा पाकिस्तानविरूद्ध अफगानिस्तानको यो पहिलो जित हो।
टस जितेर पहिले ब्याटिङ गरेर पाकिस्तानले दिएको २८४ रनको लक्ष्य अफगानिस्तानले १ ओभर बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले दिएको गरेको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका तीन ब्याटरले अर्धशतकीय इनिङ खेले भने एक जना ४८ रनमा नटआउट रहे। अफगानिस्तानका लागि रहमनुदल्लाह गुरबाजले ६५ र इब्राहिम जदरानले ८७ रनको योगदान दिए।
विश्वकपमा डेब्यू गरेका अफगानिस्तानका स्पिनर नूर अहमदसामू पाकिस्तानका ब्याटर धारासायी भए।
नूरले अफगानिस्तानका लागि ३ विकेट लिए। पाकिस्तानका तर्फबाट कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए। ७४ रन बनाउन बाबरले ९२ रनको सामना गरे।
ओपनिङका लागि आएका अब्दुल्ला साफिकले ५८ रन बनाए। त्यस्तै इमाम–उल–हकले १७, मोहम्मद रिजवानले ८, साउद सकीलले २५, सहदाब खान र इफ्तिकार अहमदले समान ४० रनको योगदान दिए। साहीन अफ्रिदी ३ रन बनाएर नटआउट रहे।.
प्रतियोगिता अन्तर्गत आज बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्ने तालिका रहेको छ।
पछिल्लो अंक तालिका अनुसार भारत १० अंकका साथ पहिलो, न्युजील्याण्ड ८ अंकका साथ दोश्रो, दक्षिण अफ्रिका ६ अंकका साथ तेस्रो तथा अष्ट्रेलिया समान ४ अंक भएतापनि रनरेटको आधारमा पाकिस्तानभन्दा १ स्थानमाथि चाैथो स्थानमा रहेको छ ।












