विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको चाैथो जित, आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुने

Thankot Times

थानकोट ।

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज बुधबार अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदैछ ।

खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । अस्ट्रेलियाले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ । अर्कोतर्फ नेदरल्यान्ड्सले चार मध्ये तीन हारेको छ भने एउटा मात्र जितेको छ ।

यी दुई टोलीबीच हालसम्म २ वटा एकदिवसीय खेल भइसकेको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । यी खेलहरू २००३ र २००७ को विश्वकपमा खेलिएका थिए, यस बाहेक यी दुईबीच कुनै खेल भएको छैन् ।

यसअघि मंगलबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशविरूद्ध १४९ रनको फराकिलो अन्तरले जित हात पार्यो ।

पछिल्लो अंक तालिका अनुसार भारत खेलेका सबै ५ खेलमा जित हात पार्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका दोश्रो, न्यूजिल्याण्ड तेस्रो तथा अष्ट्रेलिया चाैथो स्थानमा छ । पाकिस्तान पाँचाै नम्बरमा छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *