बंगबन्धु तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई दोश्रो स्थान, नेपालको पोल्टामा ३० स्वर्णसहित ६३ पदक

Thankot Times

थानकोट ।

पहिलो बङ्गबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३ मा नेपालले दोश्रो स्थान हात पारेको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट सहभागी चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसलन स्कुलका सबै खेलाडीहरुले पदक जितेका छन् ।

१९ देखी २१ अक्टोबरसम्म सम्पन्न प्रतियोगितामा जेसिस स्कुलबाट सहभागी विद्यार्थीहरूले समग्रमा ५ स्वर्ण, ४ रजत तथा २ कास्य पदक जितेको विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिनुभयो ।

बंगलादेश, भारत, मलेसिया, अफगानिस्तान, श्रीलंका, भूटान, थाइल्याण्ड र नेपालका खेलाडी सम्मिलित ३ दिने प्रतियोगितामा घरेलु मुलक बंगलादेशले कूल ४० स्वर्णसहित ८० पदक जित्दै टिम च्याम्पियन भयो । नेपालले ३० स्वर्ण, २२ रजत ११ कास्य पदकसहित जम्मा ६३ पदक प्राप्त गरी टिम च्याम्पियनमा दोश्रो भयो ।

श्रीलंका २० स्वर्णसहित तेस्रो तथा भारत ८ स्वर्णसहित चाैथो स्थानमा रह्यो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *