नैकाप गाेल्डकप-२०८०: कुर्दन र मध्यपुर जागरुक क्वाटरफाइनलमा

Thankot Times

थानकोट ।

आज (मंगलबार)देखि सुरु भएको छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दाेश्राे चरणको खेलमा कुर्दन फुटबल एकेडेमी र मध्यपुर जागरुक युवा क्लबले विजयी सुरुवात गरेका छन् ।

प्रतियाेगिताकाे पुल ए मा रहेका मध्यपुर जाुगरुरक युवा क्लब र क्लीन भिजन युनिटीबीचकाे खेल निर्धारित समय समान १-१ गाेलमा सकिएकाे थियाे । तत्पश्चात पेनाल्टी सूटआउटमा निकालिएको खेलकाे नतिजा मध्यपुरकाे पक्षमा पुुगेेकाे हाे ।

यसैगरी मंगलबारनै सम्पन्न दाेश्राे खेलमा कुर्दन फुटबल एकेडेमीले विजयपुर युथ क्लबको चुनाैती ७-१ ले पन्छाउँँदै प्रतियोगिताको उपाधि यात्रामा आफ्नाे दाबेदारी कायमै राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *