भूकम्पको केन्द्र विन्दु पश्चिम नेपालकाे जाजरकोट, तिव्रता ६.४

Thankot Times

थानकोट ।

अघि केहिबेर अगाडि गएको भूकम्पको केन्द्रबिन्दु जाजरकोट रहेकाे पाइएको छ ।

मध्यराति ११:४७ बजे जाजरकोटकाे रामिडाँडा केन्द्र बनाई ६.४ म्याग्नेच्यूडकाे भूकम्प गएको हाे ।

जसको धक्का काठमाडौंमा समेत महसुस भएको थियाे ।

यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन् ।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्।

त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *