जाजरकोट भूकम्पमा परि नलगाड नगरपालिकाका उपमेयरको मृत्यु

Thankot Times

थानकोट ।

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा नगरपालिकाकी उपप्रमुख  सिंहको निधन भएको ​हो।

सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले उनको मृत्यु भएको हो। गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनम उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *