नेपाल एअरलाइन्स र सेनाको हेलिकप्टरमा भएको इन्धन खर्च आयल निगमले बेहोर्ने
थानकोट ।
जाजरकोट र रुकुममा भूकम्प प्रभावितको उद्धारमा नेपाल आयल निगमले पनि सहयोग गर्ने भएको छ ।
उद्धार तथा राहतमा प्रयोग भएका नेपाल एअरलाइन्सको जहाज तथा नेपाली सेनाको हेलिकप्टर र जहाजमा प्रयोग हुने इन्धन बापतको रकम बेहोर्ने निगमले जनाएको छ ।













