सर्वदलीय बैठकको निष्कर्षः लोकतान्त्रिक गणतन्त्रप्रति सबैको प्रतिबद्धता

Thankot Times

थानकोट ।

शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल मंगलबार सम्पन्न भएको छ ।

सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक पछिल्लाे राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ-आफ्नो तर्फबाट धारणा राखेका थिए ।

‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘ विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’

त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो । छलफलमा सहभागी दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *