नेपाली कांग्रेस महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म गोदावरीस्थित सनराइज हलमा बस्ने
थानकोट।
नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।
बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए ।
पहिला हामीले महासमितिको बैठक मंसिरको १३-१५ भन्यौं ।
विभिन्न कारणले केही दिन धकेलियो ।
कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथि मिति हेर्दा फेरि पनि बदल्नुपरेको हो । अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौं’, उनले भने ।










