मत्स्य यू-१३ वडा कप फुटसलः अन्तिम चारमा वडा नं. १० र १४ तथा वडा नं. ८ र ७ बीच प्रतिस्पर्धा हुने

Thankot Times

थानकोट। 

कार्तिक २२ गतेबाट चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टरमा रहेको मत्स्य फुटसलमा जारी मत्स्य यू-१३ वडा कप फुटसलको सेमीफाइनल समीकरण पूरा भएको छ । 

बिहीबार सम्पन्न क्वाटरफाइनल खेलहरूपछि प्रतियोगिताको अन्तिम ४ टोलीको छिनोफानो भएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी १५ सम्मका विभिन्न १३ वटा वडाहरूका टोलीले जनाएको प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल कार्तिक २४ गते (भोलि) खेलाइने तालिका रहेको छ। 

जसअनुसार पहिलो सेमीफाइनलमा बिहान १० बजे चन्द्रागिरि नगरपालिका १० सतुगंलले वडा नं. १४ नयाँ नैकापको सामाना गर्नेछ ।
वडा नं. १० वडा नं १३ लाई हराउँदै अन्तिम ४ का लागि छनोट भएको हो भने वडा नं. १४ ले पहिलो चरणमा वडा नं. १२ र दोश्रो चरणमा वडा नं. ६ को चुनाैती पन्छाउँदै प्रतियोगिताको अन्तिम ४ का लागि छनोट भएको थियो । 

यसैगरी दोश्रो सेमीफाइनलमा बिहान ११ बजे चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थ र वडा नंं ७ महादेवस्थानबीच खेल हुने तालिका रहेको प्रतियोगिता संयोज गाैरव श्रेष्ठले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका वडा नंं ८ पहिलो चरणमा चन्द्रागिरि ४ र दोश्रो चरणमा चन्द्रागिरि १५ को चुनाैती पन्छाउँदै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो भने वडा नं. ७ ले वडा नं २ काे चुनाैती पन्छाउँदै सेमिफाइनल खेल्ने अवसर पाएको हो ।
प्रतियोगिताको फाइनल खेल भोलि नै दिउँसो २ बजे हुने बताइएको छ । 

प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नंं १०, १३, ११, ९, ६, १४, १२, १५, ४, ८, २ ५ र ७ का तर्फबाट १३ वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाएका हुन् । 

प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ तथा दोश्रो हुनेले ३० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता अन्तर्गतका सबै खेलहरू चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टर हातामा रहेको मत्स्य फुटसल एरिनामा हुनेछन् । सो एरिना चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका ७ ए फर्म्याटको एक मात्रै एरिना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *