राप्रपाको केन्द्रीय समिति बैठक पुस १ देखी ३ गतेसम्म

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

सो पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकपछि जारी विज्ञप्तिमा पार्टी विधानमा भएका केही अस्पष्टता र विधान कार्यान्वयनमा देखिएका जटिलताको पुनरावलोकन गर्न सल्लाहकार समितिका संयोजक निरञ्जन थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिलाई जिम्मेवारी दिएको उल्लेख छ । समितिलाई अर्को बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ । 

राप्रपाले जाजरकोट भूकम्प र सङ्कटमा सरकारी राहत, उद्धार र पुनर्निर्माण छलफल गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीसँग माग गरेको छ ।

राप्रपाले राजनीतिक दबाब र प्रभावमा राहत वितरणमा एकरूपता नभएको गुनासो आएकाले वास्तविक पीडितलाई राहत पाउनबाट वञ्चित नगर्न माग समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *