नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले गर्यो नागढुंगादेखी चेकपोष्टसम्म राजमार्गमा सरसफाई
थानकोट ।
नेकपा एमालेले शनिबार कलंकी-नागढुंगा सडक खण्डमा सरसफाई गरेको छ ।
सो पार्टीका काठमाडाैं जिल्ला इन्चार्ज आनन्द पोखरेलको उपस्थितिमा नागढुंगाबाट थानकोट चेकपोष्टसम्म सडकको दायाँबायाँ सरसफाई गरिएको बताइएको छ ।
सो क्रममा चन्द्रागिरि नगरका १५ वटै वडाबाट नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले जनाएको छ ।
सो पार्टीका चन्द्रागिरि नगर अध्यक्ष राजु श्रेष्ठका अनुसार अर्को चरणमा चन्द्रागिरि नगरपालिका ७ थानकोट चेकपोष्टबाट वडा नं. १५ तीनथानासम्मको मुल सडक सरसफाई गर्ने कार्यक्रम रहेको छ।
















