नेपालमा भाइटीका लगाइँदै गर्दा टी-२० सिरिज अन्तर्गत नेपाली चेलीहरू तान्जानियाको सामना गर्दै
थानकोट ।
चार देशीय महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाका खेल आजबाट सुरू भएको छ ।
नेपालले आज श्रृंखलाको पहिलो खेलमा तान्जानियाको सामना गरिरहेको छ ।
नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ । श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।
शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली महिला टिमको कप्तानी इन्दु बर्माले गर्नेछिन् । उपकप्तानको जिम्मेवारी विन्दु रावलले पाएकी छन् ।
खेल अहिले जारी छ। खेलमा टस जितेर पहिले तान्जिनियाले ब्याटिङ गरिरहेको छ ।












