रानीपाेखरीस्थित बालगाेपालेश्वरमा भाईटीका लगाउनेकाे धुइराे

Thankot Times

थानकोट ।

दिदीबिहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दाजुभाइ नहुने दिदीबहिनीले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ​परिसरमा टीका लगाइरहेका छन्।

 रानीपोखरी बुधबार बिहानैदेखि खुला गरिएपछि श्रद्धालुले बालगोपालेश्वरको दर्शन गरी परिसरमा रहेका दिदीबहिनी तथा दाजुभाइसँग टीका ग्रहण गरेका हुन्।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्र खुल्छ। नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई दर्शन गर्छन्। त्यसपछि मन्दिर परिसरमा रहेका  दिदीबहिनी एवं दाजुभाइसँग टीका लगाउँछन्।

तस्बिर: थाहाखबर


Leave a Reply

Your email address will not be published. Required fields are marked *