विश्वकप क्रिकेटः भारत चाैंथो पटक, अष्ट्रेलिया आठाैं पटक फाइनलमा

Thankot Times

थानकोट । 

अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कोलकाताको इडेन गार्डेन रंगशालामा बिहीबार दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलियाले आठौँपटक विश्वकपमा फाइनल स्थान सुरक्षित गरेको हो ।

अब उपाधिका लागि आइतबार नरेन्द्र मोदी रंगशालामा आयोजक भारत र अस्ट्रेलियाबीच भिडन्त हुनेछ । जारी प्रतियोगितामा भारतले एक खेल पनि गुमाएको छैन् ।

भारतले सन् २०११ पछि फाइनल स्थान रक्षा गर्ने क्रममा अपराजित यात्रा कायम राखेको छ । 

सर्वाधिक पाँचपटकको विजेता अस्ट्रेलियाले सुरुवाती दुई खेल गुमाएको थियो । त्यसपछि लगातार खेलमा जित निकाली अस्ट्रेलियाले पुनः एकपटक विश्वकपमाथि दाबेदारी प्रस्तुत गरेको हो ।

विश्व क्रिकेट इतिहासमा दक्षिण अफ्रिका फेरि अभागी ठहरियो । दक्षिण अफ्रिका एकदिवसीय विश्वकपमा पाँचौँपटक सेमिफाइनलबाट बाहिरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *