चार देशीय महिला टी-२० क्रिकेट सिरिज: जापानविरुद्ध नेपालकाे सहज जित

Thankot Times

थानकोट ।

चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ।

केही बेरअघि सकिएको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो।

जापानलाई सस्तोमा समेट्न संगीता राईले पाँच विकेट लिइन्। त्यस्तै पुजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए।

जापानकी मेग ओगावाले १७ र सेइका सुमीले १३ रन बनाउनुबाहेक अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्।

त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो।

नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।

त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्।

ओपनर  पुजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।

बलिङतर्फ जापानकी एलिना कुसुदा क्वीनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *