नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा गठित लेखा समितिमा चार जना सदस्य मनोनित गरेका हुन् ।

मनोनित हुनेमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्की रहेका छन् । सभापति देउवाले गत वर्ष साउन २ मा लेखा समितिको संयोजकमा घिमिरेलाई मनोनित गरेका थिए । कांग्रेसको लेखा समितिले १७ महिनापछि पूर्णता पाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *