कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहाेस आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति पनि पहाडी भूभागमा आंशिक बदली रही स्थानको मौसम सामान्यतया सफा रहनेछ। गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। मध्यान्नपछि भने क्रमिक रूपमा मौसम खुल्दै जानेछ।  जसको प्रभावले तराईको जनजीवन, सडक तथा हवाई यातायातसमेत आंशिक प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध अनुरोध छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *