काठमाडौंमा तापक्रम घट्दै, चिसो बढ्दै
थानकोट ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जनाएको छ ।












