थानकोट जेसीज वर्ष- २०२४ का लागि अध्यक्षमा सावन महर्जन
थानकोट ।
थानकोट जेसीज वर्ष- २०२४ का लागि अध्यक्षमा सावन महर्जन चयन भएका छन् ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा विवेक महर्जन र मन्दिरा थापा चयन हुँदा उपाध्यक्षमा ममता श्रेष्ठ, तारा मर्हजन, मिनिसा प्रधान र रोहन महर्जन निर्वाचित भए ।
महासचिवमा विराज शाही, कोषाध्यक्षमा राहुल गाेपाली चुनिएका छन् ।
कानुनी सल्लाहकारमा भने बिपना बस्नेतलाई मनाेनयन गरिएको छ ।
थानकोट जेसीज वर्ष- २०२३ अध्यक्ष एलिना महर्जन गत साता नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।










